`

स्याङ्जामा गोठ भत्किँदा धनबहादुर मृत्यु

Nepal One HD ३२ असार २०८३ ९:२५
समाचार

स्याङ्जा। स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।

गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *