`

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

Nepal One HD २ साउन २०८३ ८:३२
समाचार

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो।

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन्। जिप करिब ५०० मिटर तल खसेको थियो। जिपमा सवार तीन जना घाइते भएका छन्।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ। जिपमा सवार ३ जना घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *