`

अनुगमनमा कैफियत भेटिएपछि दुई फर्म कारबाहीमा

Nepal One HD ५ साउन २०८३ ६:४८
समाचार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ ।स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

विभागले सोमबार १० वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुगमन गरेको उल्लेख गरेको छ ।व्यावसायिक फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *