सुरुङ उद्धारमा बालेन सरकार चुक्याे, त्रिशूली-१ मा सात शव फेला
काठमाडाैं । सुरुङमा फसेका नागरिकहरुकाे बेलैमा उद्धार गर्न बालेन सरकार चुकेपछि जलविद्युत आयाेजनाहरुबाट शव सङ्कलन भइरहेकाे छ ।
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा त्यहाँ सात जनाको शव फेला परेको हाे ।
यही भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा धेरै मानिस सम्पर्कविहीन थिए ।
शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट-१ को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रुपमा डेब्रिज भरिएको पाइएको उद्धार कर्ताहरुले बताएका छन्।
यसैगरी, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरले उत्खनन कार्य सुरु गरिएको छ । अडिट-३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीब्रता दिने कम्पनीले जनाएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको छ।
