`

नेपाली डायस्पोरा राष्ट्रिय विकासको मुख्य आधारस्तम्भ : परराष्ट्रमन्त्री खनाल

Nepal One HD १० असोज २०८३ १९:०३
राजनीति

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा उनले नेपाली डायस्पोरालाई मुलुकको विकास यात्राको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै नेपालको समृद्धिमा थप योगदान पुर्‍याउन आग्रह गरेका छन्।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासद्वारा आयोजित सो कार्यक्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा नेपालको विकासमा पर्न सक्ने सम्भावित योगदानका विषयमा प्रस्तुति दिएका थिए।

अन्तरक्रियाका क्रममा मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिए। डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान बढाउन सरकार प्रतिबद्ध रहेकोसमेत उनले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *