`

अविरल वर्षापछि आएको बाढी–पहिरोमा ६ जनाको मृत्यु, बागमती र लुम्बिनीमा दुई–दुई जना

Nepal One HD १० असोज २०८३ २१:०३
समाचार

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ ।

विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई, गण्डकी र कर्णालीमा एक/एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् ।

घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *