वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
समाचार
हुम्ला। निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ ।
जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ ।
अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ ।
सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको बताइएको छ ।
निरन्तर वर्षासँगै सिमकोटसहित हिमपातसमेत भएको छ ।हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
