`

गोरखामा बाढीको कहर : तीन गाउँपालिकामा क्षति, पाँच जना बेपत्ता, उद्धार कार्य जारी

Nepal One HD २५ असोज २०८३ १८:४०
बिशेष

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका तीनवटा गाउँपालिकामा ठूलो क्षति पुगेको छ। बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न बस्ती तथा भौतिक संरचनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत ५० जनाभन्दा बढीको उद्धार गरिएको छ भने पाँच जना अझै सम्पर्कविहीन रहेका छन्।

जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बुढीगण्डकी नदीमा आएको बाढीबाट जिल्लाका तीनवटा गाउँपालिका प्रभावित भएका हुन्। बाढीका कारण प्रभावित क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुगेको र घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए।

बाढीका कारण जोखिममा परेका तथा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न उद्धार कार्य जारी रहेको छ। प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत ५० जनाभन्दा बढीको उद्धार गरिएको शर्माले बताए। दुर्गम भूगोल र बाढीबाट प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *