`

दिब्य उपदेशको पालना गर्दै समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पुरा गरौं : मुख्यमन्त्री कार्की

Nepal One HD २७ पुष २०७९ १३:१२
राजनीति

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिब्य उपदेशको पालना गर्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नुपर्ने बताउनुभएको छ ।

आज पृथ्वी जयन्तीका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै कार्कीले पृथ्वीनारायणले राष्ट्रिय एकता कायम गर्न गरेको योगदान नेपालीह्रुले कहिल्यै भूल्नु नहुने बताउनुभयो । उहाँका दिब्प उपदेशले सुशासन र पारदर्शीता कायम गर्न अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कार्कीको भनाइ छ ।


प्रतिक्रिया