सत्ता गठबन्धनबाट राप्रपाका पाठकले बामगती प्रदेशको सभामुखमा उम्मेदवारी दिने

राजनीति

हेटौंडा । बागमती प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् । सत्तारुढ गठवन्धनबाट पाठकले बिहीबार सभामुख पदमा मनोनयन दर्ता गर्ने भएका हुन्
सात दलीय सत्ता गठबन्धनको भागबन्डामा बागमती प्रदेशको सभामुख राप्रपाले पाएको थियो । सोहीअनुसार राप्रपाका महामन्त्री पाठकले सभामुखमा उम्मेदवारी दिने भएका हुन् ।
सत्ता गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले बिहीबारमात्र दलको बैठक गरेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया