`

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीसँगै दुई मन्त्रीले लिए शपथ

Nepal One HD २८ पुष २०७९ १५:१४
प्रमुख खबर

बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यकता मुगेर मुख्यमन्त्री गिरीलाई शपथ गराएका हुन् ।बुधबार संविधानको दफा १६८(२) बमोजिम नियुक्त भएका मुख्यमन्त्री गिरीले आज देउखुरी उपत्यकामा बनेको नवनिर्मित प्रदेशसभा भवन अगाडि आयोजित विशेष कर्याक्रममा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीको शपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रीहरुलाई हाल बिना विभागीय नियुक्त गरिएको छ । दलहरुबीच भागवण्डा मिलेपछि उनीहरुले जिम्मेवारी पाउनेछन् ।मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलबाट नियुक्ति दिइएपनि प्रदेश प्रमुख शेरचन शपथ खुवाउन आज बिहानै देउखुरी हिँडेका थिए ।


प्रतिक्रिया