`

पार्टी परित्याग गरि चुनाव हारेका घनश्याम भुसाल नेकपा एस प्रवेश गर्दै

Nepal One HD २८ पुष २०७९ १६:३५
प्रमुख खबर

काठमाडों । नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार तय भएको एक कार्यक्रमकाबीच भुसाल नेकपा एस प्रवेश गर्ने भएको हुन् ।

नेकपा एसका एक पोलिटब्युरो सदस्यका अनुसार भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित होटल अर्यालमा कार्यक्रम गरिँदैछ । एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन गरे पनि उनले चुनाव जित्न सकेनन् । उनले चुनाव नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका थिए ।

तत्कालीन सत्तागठबन्धनको सहयोगमा पनि चुनाव जित्न नसकेका भुसाल अब कता जान्छन् के गर्छन् भन्ने अड्कल बाजी भइरहेको थियो । तर, केही दिन पहिला उनले नेकपा एसलाई आफ्नो धारणा लिखित रूपमा नै बुझाएका थिए ।


प्रतिक्रिया