गण्डकीका मुख्यमन्त्री खगराज अधिकाराई ३१ सांसदले दिए विश्वासको मत

प्रमुख खबर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ ।
नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।
मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित हुनुभएको थियो । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट