`

कर्णाली प्रदेशमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिने

Nepal One HD ३० पुष २०७९ १२:०२
प्रमुख खबर

कर्णाली । कर्णाली प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ । त्यस्तै ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ । अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ । त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुखका लागि क कसको दावी ? 
सत्ता गठबन्धन भित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ । तर यो समाचार तयार पर्दा सम्मा समामुखको विषयमा अन्तिम टुंगो लागेको छैन । सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ । सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ ।

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने

नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ । कांग्रेसबाट सुर्खेत १ ९क० बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयामा आन्तरिक छलफल भइरहेको स्रोतले बताएको छ ।


प्रतिक्रिया