`

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

Nepal One HD ३ माघ २०७९ १४:०५
प्रमुख खबर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन् ।

उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ तर आफ्नो माग पूरा नभएसम्म तत्काल सरकारमा सहभागी नहुने नागरिक उन्मुक्तिले बताएको छ । सोही अनुसार उपसभामुखका लागि पनि उम्मेदवार नठाउने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

नागरिक उन्मुक्तिले उपसभामुख नलिए सत्ता पक्षले एमालेबाट उपभामुखका लागि उम्मेदवार बनाउने तयारी छ । प्रदेश सभाको सभामुखका लागि दुईजनाको उम्मेदवारी परेको थियो  । सत्तारूढ गठबन्धनबाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।  भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन् ।


प्रतिक्रिया