‘संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हकका रुपमा विकास गर्छौं’ : डा.तोसिमा कार्की


काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने बताएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त मन्त्री कार्कीले पदभार ग्रहण गदै यस्तो बताएकी हुन् ।
उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने समेत प्रतिबद्धता गरेकी छन् । कार्कीले आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन् । राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन् ।
पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।