`

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा नियुक्त

Nepal One HD ४ माघ २०७९ ११:१४
प्रमुख खबर

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियु्क्त भएका छन ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो । तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।


प्रतिक्रिया