`

कांग्रेसले महिलालाई सभामुख पदमा उम्मेदवार बनाउने, ईश्वरी न्यौपानेको प्रबल सम्भावना

Nepal One HD ४ माघ २०७९ १३:१३
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा औपचारिक निर्णय नभएको तर सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो ।

पार्टीभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताएका छन् । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार ईश्वरी न्यौपाने उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।

उनले अन्य सहयोगी दलहरूसँग सहमति गरेर अघि बढ्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया