`

सांसद पक्राउ सम्बन्धमा रविको घुमाउरो जवाफ : ‘विधि र पद्दती भन्दा बाहिर गृह मन्त्रालय जाँदै’

Nepal One HD ५ माघ २०७९ १२:२२
प्रमुख खबर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा गृह मन्त्रालय बाहिर नजाने प्रष्ट पारेका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस रामहरि खतिवडाले फरार रहेका सांसदबारे प्रश्न उठाएपछि उनले उनले त्यसको घुमाउरो जवाफ दिएका हुन् ।

सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

“यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन । गृह मन्त्रालय टसमस हुनेछैन । तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ,” लामिछानेको जवाफ थियो ।

आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।


प्रतिक्रिया