‘ओलीले संसद्मा दिएको अभिव्यक्तिले हामी झस्किएका छौँ’ : विमलेन्द्र निधि


काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले प्रतिनिधि सभा फेरि विघटन हुनसक्ने भन्दै आफुहरु झस्किएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले म नीति बनाउँछु सरकारले कार्यान्वयन गर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ,’ निधिले भने, ‘सम्मानित व्यवस्थापिका र कार्यपालिका भन्दा माथि नीति बनाउने कुन स्थान र संयन्त्र छ । उहाँको यो अभिव्यक्तिले सदन झस्किएको छ, हामी झस्किएका छौ । जनता झस्किएका छन् ।’
नेता निधिले सर्वोच्चले व्याख्या गरिसकेका विषयमा पनि निर्देशनात्मक अभिव्यक्ति दिइएको बताए । ‘उहाँले पहिलो दिनको संवोधनमा पनि र विश्वासको मत दिने दिन पनि संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो प्रतिगमन होइन भनेर भन्नुभएको छ’ निधिले भने, संविधान निर्माणका धेरै छलफलमा म आफै संलग्न छु । संसद् विघटन गर्न नपाइने प्रावधान हामीले जानीबुझीकन राखेका हौ ।’
उनले त्यसलाई मान्दिन भनेर ओलीले गरिरहेको जिद्दिलाई जनआन्दोलनले गणतन्त्र ल्याउँछ भन्नु बयलगाढा चढेरअमेरिका जानु जस्तै भनेर दिएको अभिव्यक्तिसँग तुलना गरे ।