`

संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउने नवनिर्वाचित सभामुख घिमिरेको प्रतिबद्धता

Nepal One HD ५ माघ २०७९ १६:४१
प्रमुख खबर

काठमाडौँ – नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले निष्पक्ष र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

बिहिबार सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्तो प्रतिबद्धता जाहेर गर्नु भएको हो ।

उहाँले विगतबाट शिक्षा लिएर अघि बढ्ने बताउनु भयो । उहाँले दलीय व्यवस्थामा दलहरूको सुझाव लिएर निष्पक्ष ढंगबाट संसदलाई गति दिने विश्वस्त पर्नु भयो । उहाँलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।


प्रतिक्रिया