राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौँ / नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदमा समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताउनुभएको हो । उहाँले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढङ्गले हुने जिकिर गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक संयन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताउनुभयो ।
काँग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट