`

‘हाम्रो प्रतिस्पर्धी एमाले भएकाले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं’ : रमेश लेखक

Nepal One HD ६ माघ २०७९ १२:११
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने बताएका छन् । उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेकोले एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने बताएका हुन् ।

उनले भने ‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि । त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’

पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थति निवासमा बिहान १० बजे तय गरिएको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित भएका थिए । बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल भइरहेको छ । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टुंगिसकेको छैन ।

आज उपसभामुखको मनोनयन छ भने भोलिलाई मतदान तोकिएको छ ।


प्रतिक्रिया