`

संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने छु : नवनिर्वाचित सभामुख घिमिरे

Nepal One HD ६ माघ २०७९ १३:००
प्रमुख खबर

काठमाडौँ / नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनु भयो ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीद्धारा पद तथा गोपनीयताको शपथ लिए लगतै उहाँले सिंहदरबारमा पदभार ग्रहण  गर्दै नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गर्नु भएको हो ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसंग संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु ।’


प्रतिक्रिया