उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने कांग्रेसको निर्णय

प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उमेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुन् ।
बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवारमा अघि सार्ने निर्णय गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट