प्रधानमन्त्रीलाई सांसद सर्वेन्द्रनाथ शुक्लाको प्रश्न : १० दिनमै एजेण्डा फेर्न के यस्तो आइपर्यो ?

प्रमुख खबर

काठमाडौं – सांसद सर्वेन्द्रनाथ शुक्लाले राष्ट्रिय सहमतिको कुरा गर्ने प्रधानमन्त्रीले १० दिन नबित्दै एजेण्डा फेरेको बताएका छन् ।
आज (शनिबार) प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा मुक्ता यादवलाई समर्थन गर्दै शुक्लाले राष्ट्रिय सहमतिको एजेण्डासहित प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रधानमन्त्रीले सहमति पालना नगरेको आरोप लगाए ।
उनले भने, ‘हामीले राष्ट्रिय सहमति कायम गर्ने गरी प्रधानमन्त्रीलाई समर्थन गर्यौं । विश्वासको मत दियौं । समझदारी अनुसार नै उहाँले करिब ९९ प्रतिशत मत सहित संसदमा विश्वासको मत लिनुभयो । तर, १० दिन नबित्दै के भयो? जहाँ सभामुख चयन गर्दा पक्ष विपक्षमा मतदान गर्नुपर्यो । आज उपसभामुखमा पनि किन पक्ष विपक्ष गर्नुपर्ने अवस्था आयो ?’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट