`

 अब गण्डकी प्रदेश सरकारमा ७ वटा मात्रै मन्त्रालय

Nepal One HD ९ माघ २०७९ १३:१२
प्रमुख खबर

पोखरा / गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालय टुङ्ग्याएको छ ।

आइतबार मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग गरेको छलफलले मन्त्रालय घटानउने सहमति गरेको हो । छलफले १२ वटा मन्त्रालयबाट ७ वटा मन्त्रालयमा झार्ने सहमति गरेको छ ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास,सामाजिक विकास तथा स्वास्थ्य,उद्योग,पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।

यसअघिको सरकारमा १२ मन्त्रालय थिए । संविधानले प्रदेश सभाको संख्याका २० प्रतिशत संख्यामा मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । त्यस अनुसार ६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, नवगठित सरकारले खर्च कटौती गर्दै जनतामा सकारात्मक सन्देश दिने गरी ७ मन्त्रालयमात्रै बनाउने योजना बनाएको थियो ।

पुस २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । सोही दिन माओवादीका हरिबहादुर चुमान,एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ विना विभागीय मन्त्री नियुक्त हुनुभएकाे थियाे । मन्त्रालय संख्या टुंगो लागेको हुँदा मुख्यमन्त्री अधिकारीले अब मन्त्रिपरिषदलाई पूर्णता दिने स्रोतले जनाएको छ ।


प्रतिक्रिया