म सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर हुँदैन – उपप्रधानमन्त्री लिङ्देन

प्रमुख खबर
काठमाडौं – उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुने बताएका छन् । सोमबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लिङ्देनले यस्तो बताएका हुन् । उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए ।
“सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ”, उनले भन्, “हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।” उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए । उनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट