सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर – प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको बतार्एका छन् । सोमबार बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरे । उनले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।
सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको भन्दै उनले भने तपार्इँहरूलाई स्रोत र सधानको अभाव छ, भन्ने कुरा हामी सबैलाई जानकरी छ, हातहतियार, गोलीगट्टा, आवास एवं लजिष्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी तथा भौतिक पूर्वाधार र आवश्यक उपकरण एवं जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने विश्वास व्यक्त गर्दछु ।”
सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको उनले बताए ।
।