त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच झडप

प्रमुख खबर

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । विद्यार्थीले संस्थाकोडीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको हो ।
अध्ययन संस्थानको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका हुन् ।
प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट