`

बानेश्वरमा प्रधानमन्त्रीकै अघि पेट्रोल खन्याएरआत्मदाहको प्रयास

Nepal One HD १० माघ २०७९ १५:४२
प्रमुख खबर

काठमाडौं – संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले  आत्महत्याको प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई  पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।उनले किन आत्मदाहाको प्रयास गरे खुल्न सकेको छैन ।


प्रतिक्रिया