`

‘आत्मदाह र त्यस पछाडिको कारण खोजेर घटना दोहोरिन दिनु हुँदैन’ : शेखर कोइराला

Nepal One HD ११ माघ २०७९ ११:१९
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारण खोजेर त्यस्तो परिस्थिति दोहोरिन दिनु नहुने बताएका छन् । नेता कोइरालाले बुधबार बिहान सामाजीक सजाल फेसबुकमार्फत आफ्नो प्रश्न राख्दै यस्तो बताएका हुन् ।

‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ । ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’

इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी उनले गरेका छन् ।


प्रतिक्रिया