`

वागमतीमा मन्त्रीको मिल्यो भागबण्डा, राप्रपाले तीन मन्त्रालय पाउँदा माओवादीले पायो कति मन्त्रालय ?

Nepal One HD ११ माघ २०७९ १२:११
प्रमुख खबर

काठमाडौं । वागमती प्रदेशको मन्त्रिपरिषदले पूर्णता भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।

सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ । माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएकोक छ ।


प्रतिक्रिया