उदयपुरमा आगलागीमा परी दुई बालिकाको मृत्यु
समाचार
उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।
शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको बखतमा आगलागी हुदाँ दुवै जनाको मृत्यु भएको हो भने आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
