`

दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Nepal One HD २७ फागुन २०७९ २१:२१
समाचार

दैलेख, २७ फागुन – दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

आज दिउँसो भएको दुर्घटनामा  नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हो । 

निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना७त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया