`

मोरङमा महिलाको शंकास्पद मृत्यु

Nepal One HD १३ चैत २०७९ २०:२१
समाचार

विराटनगर, १३ चैत – मोरङको पथरीशनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् । 

शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११:४० बजेतिर मृत फेला परेकी हुन् । घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले बलबहादुरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको हो । 

घटनास्थलको प्रकृति हेर्दा कुटपिट गरेर ह-त्या गरेजस्तो देखिएपछि घटनालाई शंकास्पद मानेर मृतकका पतिलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

प्रहरीका अनुसार शारदा बलबहादुरकी कान्छी पत्नी हुन् । उनीहरूका सन्तान नरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया