`

हामीले तीन मन्त्रालयको दाबी गरेका छौं : नेकपा एस

Nepal One HD १४ चैत २०७९ १५:२३
राजनीति

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयको अडान कायमै राखेको छ ।

मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ । हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौं । सीटको बाँडफाँट ढिला भएको कारणले हामीले मन्त्रीको नाम दिन पाएका छैंनौं । मन्त्रालयको टुंगो गरेपश्चात हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौं । कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौं ।’

आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा पनि तीन मन्त्रालयबाट घट्न नसक्ने जानकारी दिएको खतिवडाले बताए ।

आज बेलुका बस्ने गठबन्धनको बैठकले भागबन्डा टुंग्याउनसक्ने उनले सुनाए ।


प्रतिक्रिया