नेकपा एसका उपाध्यक्ष न्यौपानेले छाडे पार्टी

राजनीति

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गर्नुभएकाे छ ।
पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाउनुभएकाे छ ।
उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतकाे दाबी छ । एक महिनाअघि देखि नै एमाले नेताहरुसँग नजिकिरहनुभएका उहाँकाे संवाद चलिरहेको थियो ।
उहाँ एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य हुनुहुन्थ्याे । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थियाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट