ताप्लेजुङमा भूकम्पको धक्का
समाचार
काठमाडौं – ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
उक्त भूकम्प गए राति ११ बजेर ४१ मिनेट जाँदा गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
