`

तीन मन्त्रालय नपाए सरकारमा जाँदैनौ : शेखर समूह

Nepal One HD १७ चैत २०७९ १३:१५
राजनीति

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर  शेखर काेईराला समूहले मन्त्रिपरिषद्‍मा सम्मानजनक सहभागिता नभए सरकारमा नजाने चेतावनी दिएको छ ।

सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान सन्देश पठाउँदै कोइराला समूहले मन्त्रिपरिषद्‍मा आफूहरूको सम्मानजनक सहभागिता नभए सरकारमा सहभागि नहुने चेतावनी दिएको हो । 

शेखर समूहका एक नेताका अनुसार बिहान एक सन्देश पठाउँदै देउवालाई सम्मानजनक सहभागिता नभए सरकार बाहिरबाटै सघाउने बताएका छन् । 

शेखर समूहले तीन मन्त्रालयमा दाबी गरेको छ । तर देउवाले भने शेखर समूहलाई दुई मन्त्रालयमात्रै दिने तयारी गरिरहेका छन् । आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । कांग्रेसले अर्थ मन्त्रालयसहित आठ मन्त्रालयले पाएको छ । 


प्रतिक्रिया