`

चितवन २- एमालेबाट रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस

Nepal One HD १७ चैत २०७९ १६:३५
राजनीति

चितवन – नेकपा एमालेले चितवन २ को उपचुनावका लागि उम्मेदवार बन्न जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।

यसअघि न्याैपाने क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनुभएकाे थियाे । तर, पछि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उहाँ ब्याक हुनुभएकाे थियाे । 


प्रतिक्रिया