`

भागबण्डा प्रवृत्ति तोड्न रास्वपा राेजे : रमेश खरेल

Nepal One HD १८ चैत २०७९ १७:१६
राजनीति

काठमाडौं – बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएकाे बताएका छन् । 

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफुले पाएर आफु यस पार्टीमा आएको बताउदै खरेलले आफु चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।


प्रतिक्रिया