`

गोविन्दराज जोशीको टिप्पणी : कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको प्रयास हो

Nepal One HD १९ चैत २०७९ १६:४२
राजनीति

काठमाडौं – पूर्वमन्त्री गोविन्दराज जोशीले कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा जोशीले आफ्नो घारणा सार्वजनिक गर्दै यस बारेमा कुनै छलफल नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ – गोबिन्द राज जोशी को कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको हो। मेरो कुनै व्यक्ति संग यसबारे छलफल भएको छैन। विस्तृत खण्डन को लागि प्रतीक्षा गर्नुहोला।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया