`

एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु

Nepal One HD २० चैत २०७९ ८:४६
समाचार

चितवन, २० भदौं । एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


प्रतिक्रिया