`

गोरखामा जन्ति बस दुर्घटना, ६ जनाको मृत्यु

Nepal One HD ८ असार २०८० ७:०५
प्रशासन

गोरखा – गोरखामा गए राति जन्ति बस दुर्घटनमा परेको छ ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभएको छ । घटनास्थल मनकामनानजिकै पर्दछ ।

उहाँका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन ।

प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ । रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, शसष्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया