`

धवलशम्सेर रिहा

Nepal One HD २ असार २०८२ २०:४१
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्सेर राणा ३ लाख धरौटीमा रिहा भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

आदेशपछि उनी आजै धरौटी बुझाएर रिहा भएका हुन् । राणा आज बिहान अदालतमा हाजिर भएका थिए। तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन् । चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिरी जमानीमा छाडेको थियो ।

गत चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदावी लिइएको थियो ।

यसअघि तीनकुने घटनामा अदालतले ३२ जनालाई धरौटीमा छाड्दै दुर्गा प्रसाईँसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *