`

पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने : प्रवक्ता डा महत

Nepal One HD २ असार २०८२ २२:०२
राजनीति

ढोरपाटन (बागलुङ), २ असार : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई मजबुत बनाउन जनस्तरबाट लाग्नुपर्ने बताउनुभएको छ । विपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेश समितिले ‘तीन तहको बजेट निर्माण प्रक्रियाका समस्या र समाधान’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रमा उहाँले देशमा जतिसुकै पार्टी खुले पनि राष्ट्रको विकासका खातिर कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायतका दल केही राजनीतिक दलका कारण देश वर्तमान शासन व्यवस्था स्थापित भएको उहाँले बताउनुभयो ।

“पुराना पार्टीविरुद्ध एकदुई हजार मान्छे लागेका छन्, उनीहरुको काम झुटो प्रचार भ्रम फैलाउनु हो”, प्रवक्ता महतले पार्टी कार्यकर्ताहरूलाई सचेत रहन आग्रह गर्दै भन्नुभयो ।

डा महतले सकारात्मक सोचका साथ जनताका माझमा गएर सरकारले गरेको कामका बारेमा भन्ने र कमीकमजोरीको समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सरकारले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर काम गरिरहेको पूर्वअर्थमन्त्री महतले बताउनुभयोे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *