स्वास्थ्य लाभ गरेर घर फर्किए मोहन वैद्य

जीवनशैली/स्वास्थ्य

काठमाडौँ, २ असार : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारपश्चात् आज ‘डिस्चार्ज’ हुनुभएको छ ।
छातीमा सङ्क्रमण भएपछि महासचिव वैद्यलाई करिब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज हुनुभएको उहाँकी छोरी चेतना शर्माले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट