`

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

Nepal One HD २५ असार २०८० ११:३८
प्रमुख खबर

काठमाडौँ / कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुदैँछ ।

सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ।

थापालाई मुख्यमन्त्री नियुक्त गर्दा बहुमत पुरर्याउन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की अदालत गएका थिए ।


प्रतिक्रिया