`

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको पहिलो जित

Nepal One HD ३ असार २०८२ २३:२३
खेलकुद

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ । स्कटल्याण्डमा जारी प्रतियोगितामा नेपालले घेरेलु टोलीमाथि २ विकेटको कठिन जित दर्ता गरेको हो ।

९८ रनको लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । अन्तिममा करण केसी र सन्दीप लामिछानेले नटआउट खेल्दै जिताए । करण ३ तथा सन्दीप १ रनमा नटआउट रहे । नेपालका कुशल भुर्तेल र लोकेश बमले ओपनिङ गरेका थिए । पहिलो विकेटका लािग यी दुईले २१ रनको साझेदारी गरे ।

२.४ ओभरमा लोकश ५ बलमा ९ रन बनाएर आउट हुँदा २ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आम्एका अनिल साह व्यक्तिगत ३ रन जोडेर आउट हुँदा नेपालले २४ रनमा दोस्रो विकेट गुमायो । कप्तान रोहित पौडेल पनि धेरै रन बनाउन असफल भए ।

उनले १४ बलमा ७ रन बनाएर आउट हुँदा नेपालले ७.२ ओभरमा ३८ रन बनाएको थियो । चौथो विकेटको रुपमा कुशल भुर्तेल पभेलियन फर्किए । कुशलले ३५ बलमा ३० रनको पारि खेल्दा ४ चौका प्रहार गरे ।

उनी आउट नेपालको स्कोर १२.१ ओभरमा ६० रन बनायो । पाँचौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किए । दीपेन्द्रले २१ बलमा १४ रन जोडेका थिए ।

टिमको स्कोर ७७ रन भएको बेला बसिर अहमद पनि आउट हुँदा नेपालले छैटौं विकेट गुमाउन पुग्यो । उनी १४ बलमा १३ रन बनाएर आउट भए । त्यसपछि रुपेश सिंह ३ रन बनाएर आउट हुँदा नेपाल दबाबमा देखिएको थियो ।

जितका लागि १ रन आवश्यक परेका बेला किरण ठगुन्ना १० रन बनाएर आठौं विकेटको रुपमा आउट भए । स्कटल्याण्डका साफियन सरिफ र मिचेल लिस्कले २–२ विकेट लिँदा अरुबलरले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । यसघि नेपाल नेदरल्याण्ड्ससँग तेस्रो पटक भएको सुपर ओभरमा पराजित भएको थियो । जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *